प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीलाई रविले दिए धन्यवाद

काठमाडाैँ, २७ बैशाख

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले  कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेकोमा प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।

नेपाली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेकाे हाे।भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने पक्षमा उभिँदै आएका लामिछानेले पक्राउपछि सरकारलाई धन्यवाद दिएका हुन् ।

याे प्रकारकाे शिलशिला नराेकियाेस् भन्दै संलग्न अन्यलाई पनि छानबिनकाे दायरामा ल्याउन उनले आग्रह गरेका छन्।

उनले भनेका छन, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like