काठमाडाैँ,
आज बुधबार नेपाली बजारमा सुनकाे मुल्य प्रतिताेला ४०० रूपैँयाले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनकाे मुल्य ४०० सय रूपैँयाले बढेर एक लाख ११ हजार ६०० रूपैँया रहेकाे छ। तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै, सुनकाे मुल्य बढे पनि चाँदीकाे मुल्य भने स्थिर रहेकाे छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।