प्रतिनिधिसभाकाे बैठक सुरू भए लगत्तै बैठकमा राप्रपाकाे विराेध

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

बैशाख २७ गते। प्रतिनिधिसभाकाे बैठक सुरू भएकाे छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विराेध गरेको छ ।

बुधबार सकेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राप्रपाले संसद बैठक सञ्चालनमा विराेध गरेको हो । (राप्रपा) का सांसदहरुले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित बैठक ४५ मिनेटपछि सुरु भएको हो।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेट पूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेको समय नराखिएको जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको