काठमाडाैँ,
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई एमालेले निलम्बन गरेको हो।
एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो। कानुनी कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पदबाट निलम्बन गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न अनुमति लिएको थियो। प्रक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन्।
उनका छोरा सन्दीप रायमाझी भने पक्राउ परिसकेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले सन्दीपका नाममा गीरोहका सदस्यले काटेको डेढ करोड रुपैयाँको चेक फेला पारेको थियो।