काठमाडाैँ,
बैशाख २७ गते। मङ्गलबार सामान्य बढेको शेयर बजार आज बुधवार फेरि ओरालो लागेको छ । शेयरबजार परिसूचक नेप्से आज २.४३ अङ्कले घटेर एक हजार ८ सय ४१ दशमलव ९३ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।
बजार घटेकाे दिन दुई सय ६५ वटा कम्पनीकाे १९ लाख ४२ हजार कित्ता शेयर ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएकाे छ। सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावर कम्पनीको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज मन्दाकिनी हाइड्रो र जालपा सामुदायिक लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ।