संखुवासभाकाे धजेमा जिप दुर्घटनामा चालकसहित ३ जना घाइते

काठमाडाैं,

संखुवासभाकाे धजेमा जिप दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन्।

मकालु गाउँपालिकाको गाडी मकालुको नुमबाट सदरमुकाम खाँदबारी आउँदै गर्दा चिचिला गाउँपालिकाको धजेमा भएकाे दुर्घटनामा चालक लोकेन्द्र तामाङ, इन्जिनियर गायत्री घिमिरे र दिनेश पराजुली घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरेको र घटना’bout थप विवरण आउन बाँकी रहेकाे घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काले बताए।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like