काठमाडाैं,
२८ बैशाख गते। माेरङमा माेटरसाइकल दुर्घटना हुँदा ५० वर्षकी मानकीदेवी शाहकाे ज्यान गएकाे छ।
प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठले जानकारी दिनुभयाे।
मोटरसाइकल मानकीदेवीका २९ वर्षका छोरा दिनेशकुमार साहले चलाएका थिए । मोटरसाइकलको पछाडि सवार आमा मानकीदेवी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् ।
उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा दिनेशकुमार भने सामान्य छन् र उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।