सुनकाे मुल्य स्थिर, चाँदीकाे मुल्य १५ रूपैँयाले घट्याे

काठमाडाैं,

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा करोबार भएको छ ।

बुधबार पनि छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like