सरकारले रोक्न नसक्ने गरी सतहमा आएपछि नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएको ओलीकाे दाबी

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नक्कली शरणार्थी प्रकरणमा कसैलाई फसाउने गरी सुईअर्कातिर धकेल्ने प्रयास भइरहेको बताएका छन्।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै कसैलाई दोषी करार गर्ने अवस्था नभएको बताएका छन्।

‘जबसम्म दोषी ठहर हुँदैन, हामी दोषी नै हो भनेर करार हामी गर्न सक्दैनौं।  यसमा अदालतले फैसला गर्नुपर्छ,’ उनले भने, ‘हामी हेरिरहेका छौं। कसैलाई फसाउन अर्कातिर सुई देखाउने प्रयास भइरहेको देखेका छौं। अखबारी हल्ला चलाउने र निराधार र आग्रही ढंगले एमालेका विरुद्ध प्रचार भएको छ।’

उनले सरकारले रोक्न नसक्ने गरी सतहमा आएपछि नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएको दाबी गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको