कबवेब ब्यान्डका गायक सञ्चयले गरे प्रेमिका सँग विवाह

काठमाडाैं,

कबवेब ब्यान्डका गायक सञ्जय अर्यालले आफ्नाे प्रेमिका आर्शिया श्रेष्ठसँग आज बिहिबार विवाह गरेका छन्। सञ्जय र आर्शिया लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

सञ्जय रकहेड्स ब्यान्डका समेत गायक हुन् । कबवेब ब्यान्डमा दुई जना गायक छन् । दीपेश मुल्मी कबवेब ब्यान्डको संस्थापक हुनुका साथै गायक हुन् भने सञ्जय केही वर्ष अघि यो ब्यान्डमा आबद्ध भएका हुन् ।

आर्शिया डिजिटल आर्टिस्ट हुन् । रकहेड्स ब्यान्डको रङ्ग भन्ने गीतको म्युजिक भिडियोमा आर्शियाले डिजिटल आर्ट, मोसन ग्राफिक्स गरेकी छिन् ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like