सिरहास्थित मारूती सिमेन्ट उधाेगमा कार्यरत एक मजदुरकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सिरहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ।

कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेकाबेला बेल्डले लागेर भारतको मध्येप्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो।

प्रहरीका अनुसार मेसिनकाे मर्मत गर्ने क्रममा बेल्टले दाहिने पाखुरामा काटेर चुडिएर घाइते भएकाे तिवारीलाई फुलकुमारी मेमाेरियल अस्पताल कर्जन्हा पुर्याए पनि अस्पतालले मृत घाेषणा गरेकाे हाे।

घाइते तिवारीकाे उद्धारका लागी ढिलाई भएकाे कारण उनकाे मृत्यु भएकाे कारखानाका मजदुर युनियनले आरोप लगाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको