रायमाझीलाई ओलीकाे सुझाव : आराेपबाट नभाग्नुस प्रहरीकँहा उपस्थित हुनुस्

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीलाई प्रहरीकँहा उपस्थित हुन र आरोपबाट नभाग्न सुझाव दिएका छन् ।

बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले रायमाझीलाई प्रहरीमा हाजिर भएर सहयोग गर्न सुझाव दिए ।

ओलीले भने ‘आरोपबाट तर्कन खोज्यो, आरोपबाट उम्कन खोज्यो, भाग्न खोज्यो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्चाईको सामना गर्नुपर्छ।’

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकहरूलाई अमेरिका पठाउने ठगी प्रकरण छानबिनका क्रममा प्रहरीको सिफारिसमा जिल्ला अदालत, काठमाडौंले २० वैशाखमा रायमाझीलाई पक्राउ पूर्जी जारी गरेको थियो । तर बिहीबार दिउँसोसम्म रायमाझी फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको