काठमाडाैं,
शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
उक्त भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भिआइपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेकाे बताए। यस्तै उनले आफ्नाे पार्टी भष्टाचारविरूद्ध सडकमा उत्रिने जानकारी गराएका थिए।
लामिछानेले प्रचण्डलाई भेटका क्रममा भने ‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईलाई धन्यवाद छ’, मैले सडकबाट के-के सहयोग गर्न सकिन्छ, सबै सहयोग गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’