काठमाडाैं, २९ बैशाख
काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको रा १ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको बा ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई भने पोष्टमार्टमको लागि त्रि।वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।