भ्रष्टाचार विरूद्धकाे अभियानलाई सबैले साथ दिन रवि लामिछानेकाे आह्वान

काठमाडाैं,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैशाख ३० गते शनिबार काठमाडौंमा हुन लागेको ‘भ्रष्टाचारविरुद्ध हामी विरोधी’ कार्यक्रमलाई समर्थन जनाउँदै उनले यस अभियानलाई सबैले साथ दिन आह्वान गरेका छन्

सभापति लामिछानेले पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरूलाई भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु । राम्रो काम जसले गरे पनि सघाउनुपर्छ । देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला,’ लामिछानेले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्रष्टाचारविरुद्ध एक हौँ, नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ ।’

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like