प्रतिष्ठानमा सुत्केरीकाे मृत्यु भएपछि अनुसन्धानसहित क्षतिपुर्तिकाे माग गर्दै पिडितहरू आन्दोलनमा उत्रिए

काठमाडाैं,

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु हाे ।घोराही उपमहानगरपालिका–८ सौरीकी मधु बुढाथोकी केसीकाे मृत्यु भएकाे हाे।

उनकाे मृत्यु बिहिबार प्रतिष्ठानमा मृत्यु भएपछि घटनाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै शुक्रबार बिहानैदेखि आफन्त तथा पीडितहरु आन्दोलनमा उत्रिएका छन् ।

२८ वर्षीया मधु केसीको बिहीबार दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान शेरबहादुर केसीले बताउनुभएको छ । उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका ’boutमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराई आफू खुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान् केसीले जानकारी दिनुभएको छ ।

‘प्रतिष्ठानको रिपोर्ट अनुसार डेलिभरीका लागि बिहीबार बिहान ९ बजे आइपुगेका थियौँ । दिउँसो १ बजे नर्मल डेलीभरी भयो भन्नुभयो । तर बच्चा जन्मिएपछि साल निस्किएको रहिनछ । जसका कारण महिलाको मृत्यु हुन पुग्यो ।’ मृतकका श्रीमान् केसीले भन्नुभयो,

बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागजमा हस्ताक्षर गर्न लगाएको श्रीमान् बताउनुहुन्छ ।

‘पहिले राम्रै छ भनेका थिए, तर बिरामीको अवस्था सिरिएस भएपछि पाठेघरको अप्रेसन गरेर साल निकाल्ने भनेर मलाई हस्ताक्षर गर्न लगाउनु भयो । त्यसको केही क्षणमै बिरामीको मृत्यु भयो, भन्नुभयो ।’ सुत्केरी हुनुअघि प्रतिष्ठानमै सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकी बताउनुहुन्छ । शिशुको अवस्था भने सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकले उचित क्षतिपूर्ति, लापरवार्ही गर्नेलाई कारबाहीसँगै शिशुको पालनपोषण र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नुपर्नेलगायतका माग राख्दै बिहानैदेखि आन्दोलनमा उत्रिएका छन् । शरीरको सबै अंग परीक्षण हुनुपर्ने उनीहरुको माग रहेकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like