पुर्वसांसद पुरूषाेत्तम बस्नेतकाे निधन

काठमाडाैं,

नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेका उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत बनेका थिए। नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बस्नेतको शुक्रबार बिहान काठमाडौंमा निधन भएको हो।

बस्नेतको निधनमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ। वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा आधा झुकाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

वैशाख ३१ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द हुने पनि उनले बताए। १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम पनि तय भएको उनको भनाइ छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like