पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ

काठमाडाैं,

पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई उनकाे घरबाट  प्रहरीले पक्राउ गरेको छ ।

पाकिस्तान तहरिक–ए–इन्साफले उँहालाई शुक्रबार बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेकाे  जनाएकाे छ । यसअघि बुधवार बेलुका पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको थियो । गएको मङ्गलवार पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा प्रदर्शन भइरहेकाे छ।

पाकिस्तानको सर्वोच्च अदालतले हिजो खानको गिरफ्तारीलाई अवैध बताउँदै इस्लामाबाद उच्च अदालतमा पेस हुन भनेको थियो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like