बिहान उठ्ने बित्तिकै गर्नुपर्ने कामहरू

बिहान उठ्ने बित्तिकै गर्नुपर्ने कामहरू

१. बेलुका सुत्दा शिरानी दक्षिण वा पूर्व तिर पारेर सुत्ने ।

२. राती सुत्दा सजिलाे खुल्ला कपडा लगाएर सुत्ने।

३. बिहान उठेर २ वटा हत्केला जाेडेर हेर्ने हात थापे जस्ताे गरेर, भगवानकाे नाम लिने , दिने शुभ हाेस भनेर कामना गर्दै २ हात     एक आपसमा रगड्ने,त्यसबाट निस्कने ताप आफ्नाे मुखमा लगाउने।

४. त्यसपछि आफ्नाे नाक चेक गर्ने, कुन नाक खुलेकाे छ त्यही अनुसार दाहिने वन देब्रे खुट्टा भुमिमा राख्ने।

५. धर्ती मातालाई ढाेग्ने ।

६. सधै मुल ढाेकामा जाने, ढाेका खाेल्ने र लक्ष्मी मातालाई आउनुहाेस है भन्दै प्रणाम गर्ने ।

७. नित्य कर्म सक्ने।

८. मुख नधाेएसम्म आफ्नाे अनुहार एनामा हेर्न हुदैन् दिन नराम्राे जान्छ।

९. त्यसपछि घर सरसफाई गर्ने, सनान गर्ने, सुर्य तथा तुलसीमा जल अर्पण गरेर दैनिक पुजा सम्पन्न गर्ने।

१०. १ माला भएपनि जाप गर्ने।

११. मंगलबार र शनिबार हनुमान चालिसा पाठ गर्ने ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like