माईती मण्डलामा शिक्षक महासंघकाे प्रदर्शन

काठमाडाैं,

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारसँग विभिन्न माग राख्दै ‘वृहत विरोध सभा’ आयोजना गरेको छ।

शुक्रबार माईतीघर मण्डलामा समितिले सरकारसँग शिक्षा क्षेत्रका विभिन्न माग राखि प्रदर्शन गरेको छ।  प्रदर्शनमा शिक्षकका विभिन्न संघसंगठन, विद्यालय कर्मचारी लगायत सहभागी थिए ।

काठमाडौं उपत्यकालगायत चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक विभिन्न जिल्लाबाट आएका शिक्षकहरु आज काठमाडौंका विभिन्न स्थानमा जम्मा भइ माइतीघर आएका हुन्।

प्रदर्शनमा सहभागीहरुले ‘बालकक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलवभत्ता दिइयोस्।’, ‘संघीय शिक्षा ऐन जारी गर’लगायतका मागहरु राखेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like