दाङमा ट्याक्टरबाट खसेर एक बालककाे मृत्यु, ट्याक्टर चालक फरार

काठमाडाैं,

दाङमा ट्याक्टरबाट खसेर एक बालककाे मृत्यु भएकाे छ। तुलसीपुर उपमहानगरपालिका-१४ का  १४ वर्ष  का बिनोद चौधरीकाे मृत्यु भएकाे हाे।

शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका-१४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा.१ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर चाैधरीकाे मृत्यु भएकाे हाे।

साे ट्याकटरबाट खसेर गम्भिर घाइते भएका चाैधरीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

घट्नापछि ट्याक्टर चालक फरार रहेकाे र उनकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like