काठमाडाैं,
नेपालीलाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न आराेपमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणकाे निर्वाचित क्षेत्रमा युवाहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन्।
खाणको निर्वाचन क्षेत्र रुपन्देही- ३ को मणिग्राममा शनिबार बिहान युवाहरुले भ्रष्टाचारको विरोधमा प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। खाण उक्त क्षेत्रमा मंसिर ४ गते भएको निर्वाचनमा पराजित भएका थिए। खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतको अनुमतिले थुनामा छन्।
खाणलाइ थप केही दिन अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले आइतबार पुन: म्याद थप गर्न लैजाने तयारी गरेको छ।