शरणार्थी प्रकरणमा संलग्न जुनसुकै ठूलाबडा भए पनि कठोर कारबाही गर्नुपर्छ : शेखर काेइराला

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

कांग्रेसका नेता डा शेखर काेइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जुनसुकै तहकाे भए पनि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत काेइरालाले भनेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ। हामी लज्जित भएका छौं। तसर्थ, राज्यको जुनसुकै तह र तप्काको जोकोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको