धादिङमा गुडिरहेकाे बसमा आगलागी,यात्रु सकुशल

काठमाडाैं,

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

धादिङकै नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिए ।

बसमा रहेका ३३ जना यात्रुहरू सबै सकुशल रहेकाे र बसका सिट भने जलेर नष्ट भएकाे प्रहरीले जानकारी दिएकाे छ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like