बलिउड अभिनेत्री परिणीती र राघव चड्डाबिच आज दिल्लीमा इन्गेजमेन्ट हुँदै

काठमाडाैं,

बलिउड अभिनेत्री परिणिती चोपडा र आमआदमी पार्टीका सांसद राघव चड्डाबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदैछ ।

इन्डिया गेट नजिकको कपुरथला हाउसमा बेलुका ६ बजे समारोह हुने भारतीय संचारमाध्यमले जनाएका छन् । शिख परम्पराअनुसार इन्गेजमेन्ट हुन लागेको हो । केही दिनदेखि नै यसका लागि भव्य तयारी भैरहेको थियो ।

बहिनी परिणितीको टीकाटालो समारोहमा सहभागि हुन प्रियंका चोपडा शुक्रबार बेलुका नै दिल्ली पुगेकी छन् ।

मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाइन गरेका छन् ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like