बालेनले बिकल्प दिएर नै न्युरोडको पार्किङ हटाए, धरहरा सँगैको पार्किङ निःशुल्क

काठमाडौँ । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘यस अघि काठमाडौँ […]

धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ

धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो । लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए । […]

 नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ

नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो । आगामी ११ माघमा […]

राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरुकाे छलफल

राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् । बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् । राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन् […]

घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’

‘खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’ पोखरा महानगरपालिका-२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । ‘एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल […]