एकजना महिलाले आफ्नो आधा बेड समेत भाडामा दिनका लागि विज्ञापन गरिन्

यो दुनियामा भाडा नजाने भन्ने चिज के पो रहेछ र ? हुँदाहुँदा क्यानडामा एकजना महिलाले आफ्नो आधा बेड समेत भाडामा दिनका लागि विज्ञापन गरिन् । क्यानडाको टोरन्टोमा घरजग्गाको भ्यालुएसन गर्ने काम गरिरहेकी रिएल्टर आन्या एटिंगरले एकजना महिलाको निकै अनौठो फेसबुक पोस्ट आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । फेसबुक मार्केट प्लेसमा राखिएको उक्त विज्ञापनमा ती महिलाले […]
सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा गएका छन् । उनीहरु आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद सहयोग परियोजनाअन्तर्गत तिमिल्सिनाको नेतृत्वमा १२ सदस्यीय टोलीको भ्रमण तय भएको संसद सचिवालयले जनाएको छ । भ्रमण टोलीले अस्ट्रेलियाको संसद र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय […]
नेपालीले भारतमा सिमकार्ड भने लिन पाउँदैनन्

संसारका जुनसुकै मुलुकमा जाँदा पनि विमानस्थलमा वा प्रवेश विन्दुसँगसँगै विदेशी नागरिकहरुले सम्बन्धित देशका टेलिकम कम्पनीको सिमकार्ड किन्न पाउने व्यवस्था गरिएको हुन्छ । किनभने त्यो देशमा रहँदा सम्पर्कका लागि सिमकार्ड अति नै महत्वपूर्ण हुन्छ । तर नेपाल र भारतले एकअर्का देशका नागरिकलाई भोटिङको अधिकारबाहेक समान व्यवहार गर्ने गरे पनि नेपालीले भारतमा सिमकार्ड भने लिन पाउँदैनन् । […]
लेबनानकाे बेरुत ध्वस्त पार्ने इजरायलकाे चेतावनी

काठमाण्डाै इसराइलले लेबनानको राजधानी बेरूतलाई पनि गजाजस्तै बनाइदिने धम्की दिएको छ। हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इसराइलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गजाजस्तै बनाइदिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ। हिजबुल्लाहका नेता हसन नसरल्लाहले शनिबार एक टेलिभिजन सम्बोधनमा इसराइलविरूद्ध आक्रमण बढाइएको दाबी गरेका थिए। ‘दक्षिणी लेबनानबाट इसराइलमाथिको आक्रमण जारी रहन्छ। गजामा भइरहेको इसराइल-हमास युद्धमा […]
केजिएफ स्टार यशले रामायणका लागि १५० करोड भारु लिने

मुम्बई । कन्नड सुपरस्टार यश बलिउडमा इन्ट्री गर्ने तयारीमा छन् । केजीएफ फ्रेन्चाइजीबाट विश्वव्यापी चर्चा कमाएका यशले निर्देशक नितेश तिवारीको महत्त्वाकांक्षी परियोजना रामायणका लागि अनुबन्ध भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्मका लागि यशले १ अर्ब ५० करोड भारु पारिश्रमिक लिँदैछन् । यो फिल्ममा रणवीर कपुर राम, साइ पल्लवी सिता र यश रावणको भूमिकामा हुनेछन् । फिल्मको सुटिङ […]