बालेनले बिकल्प दिएर नै न्युरोडको पार्किङ हटाए, धरहरा सँगैको पार्किङ निःशुल्क
काठमाडौँ । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘यस अघि काठमाडौँ […]
विदेशमा बसेर धारे हात लगाएर मात्र देश बन्दैन्: मन्त्री लम्साल
रामेछाप । वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अब पूर्वाधार विकासको कुरा मात्र होइन सु–संस्कृत समाज निर्माणको अभियानमा लाग्नुपर्ने बताएका छन् । उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा मंलगबार आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै लम्सालले यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए । ‘देशमा केही […]
उधोग वाणिज्य महासंघ चितवन मा सुमन श्रेष्ठ बिजयी
चितवन हिजो भएको चितवन उधोग वाणिज्य महासंघ को निर्वाचनमा ब्यबसायी सुमन कुमार श्रेष्ठ अत्याधिक मतका साथ विजयी हुनु भएको छ । नतिजा अंक सहित निम्नानुसार छ । अध्यक्ष सुमनकुमार श्रेष्ठ १५१५ (निर्वाचित) शिरीष पन्त ८४३ वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी १२३२ (निर्वाचित) राजन पिया ११२० उपाध्यक्ष वाणिज्यतर्फ रजनी मास्के १०९० राजेन्द्र ओली १२४६ (निर्वाचित) […]
धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ
धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो । लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए । […]
नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ
नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो । आगामी ११ माघमा […]