घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’
‘खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’ पोखरा महानगरपालिका-२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । ‘एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल […]
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप)को संरक्षित क्षेत्रमा सार्वजनिक जग्गा मिचेर अवैध होटल र रेस्टुरेन्ट बने
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप)को संरक्षित क्षेत्रमा सार्वजनिक जग्गा मिचेर अवैध होटल र रेस्टुरेन्ट बनेका छन् । संरक्षित क्षेत्रमा अवैध रुपमा चलेका ती व्यवसाय दर्ता नहुँदा करको दायरामा समेत छैनन् । एक्यापसँग स्थानीय तहहरुको विवाद र एक्यापकै म्यादबारे पनि लामो समय अन्योल थियो । एक्यापको म्याद सकिएको ३ वर्षपछि नेपाल सरकारको पुस ५ गते बसेको […]
राजु मास्टरको सिरियल ‘सकस’ हप्तैपिच्छे ट्रेन्डिङमा
युट्युबको नेपाल ट्रेन्डिङमा पछिल्लो साता सिरिज र म्युजिक भिडियोकै दबदबा देखिएको छ । राजु मास्टरको सिरियल ‘सकस’ हप्तैपिच्छे ट्रेन्डिङमा देखिन्छ । आइतबार रिलिज भएको ‘सकस’को नयाँ भाग ट्रेन्डिङको तेस्रो स्थानमा छ । यो सिरियलका अघिल्ला भाग पनि रिलिज भएलगत्तै ट्रेन्डिङको शीर्षस्थानमा आउँथे । ट्रेन्डिङको यो प्रवृत्तिले अर्गानिक कथावस्तुका सिरियलप्रति दर्शकको अभिरुचि देखिन्छ । रियल-टाइम ट्रेन्डिङमा […]
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले बताए । […]
राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल
राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् । छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । चुनावको मिति […]