मेकअप गर्दा अभिनेत्री विपना थापाको आँखाबाट आँसु बगे
मेकअप गर्दा अभिनेत्री विपना थापाको आँखाबाट आँसु बगे । उनका यी आँसु खुसीका थिए । छायांकन सेटमा एकछिन अलमलिइन् । यो दृश्यले उनी के सोचिरहेकी छिन् भन्ने कुरा भन्छ । उनै चर्चित र लोकप्रिय अभिनेत्री थापा १३ वर्षपछि फिल्ममा फर्किएकी छन् । उनले बुधबार चितवनको सौराहामा फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन सेट ज्वाइन गरिन् । विपनाको पछिल्लो […]
चन्द्रमामा आगामी दुई दशकमा मानव वस्ती बस्नेछ
चन्द्रमामा आगामी दुई दशकमा मानव वस्ती बस्नेछ र देशहरुले आ आफ्ना बेस खडा गर्नेछन् । चन्द्रमामा मानिसहरुको बसोबास भयो भने मानिसका लागि बिजुली आपूर्ति कसरी होला ? चन्द्रमामा न त पानी छ, न त हावा नै । त्यसैले त्यहाँ कुनै जलविद्युत वा वायु ऊर्जा उत्पादन गर्न सकिने कुरा भएन । चन्द्रमाको उज्यालो हिस्सामा सौर्य ऊर्जा […]
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । ललितपुरको एक पार्टी प्यालेसमा सुरु भएको बैठक तीनसम्म चल्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए । एकीकृत समाजवादीले […]
बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन नेताहरू छलफलमा जुटेका हुन् ।
लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारमा पार्टीभित्रको संस्थापन इतर समूहलाई नसमेटेको भन्दै उक्त समूहले तीव्र असन्तुष्टी जनाए
लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारमा पार्टीभित्रको संस्थापन इतर समूहलाई नसमेटेको भन्दै उक्त समूहले तीव्र असन्तुष्टी जनाएको छ । मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका रोज राणा भनिने सरोज थापा र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई शनिबार साँझ मन्त्री नियुक्त गरेका छन् । उनीहरुको सपथ ग्रहण आज हुँदैछ । मुख्यमन्त्रीले पार्टीभित्रका समूह, भूगोल, सिनियारिटी र कार्यक्षमता नहेरी […]