शेयर बजार ३६.१९ अङ्कले घट्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,९ साउन

आज मङ्गलबार पनि शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६.१९ अङ्कले घटेर २१६४.३१ विन्दुमा झरेको छ ।

बजार घटेकाे दिन होटल र पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि किसान लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७७ लाख १६ हजार कित्ता शेयर २ अर्ब ९१ करोड सात लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।