काठमाडाैं,१५ साउन
आज साेमबार नेपाली बजारमा सुनकाे मुल्य ताेलामा ३०० रूपैँयाले घटेकाे छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ छ सय र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
आज चाँदीको मूल्य पाँच रूपैँयाले घटेकाे छ। आइतबार प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ।