मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ‘रामनगर समुदायिक हस्पिटल’बाट २० प्रतिशतसम्म छुट पाउने

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२८ साउन

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई नवलपरासीको भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा छुट प्रदान गर्न व्यावसायिक सम्झौता गरेको छ।

यस व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, बैङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।