काठमाण्डाै,२८ साउन
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ ।
यस दिन बजारमा ९७ लाख १८ हजार ७५४ कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा थ्रि स्टार हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफा कमाउनेमा रहेको छ भने घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वाधिक गुमाएको छ । कारोबारका आधरमा आज नेपाल इन्सयोरेन्स को–लिमिटेड प्रोमोटर सेयर ५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।