काठमाडौँ,२९ साउन
आज कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ।
यस दिन नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । आज कुल २७९ कम्पनीहरुको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजारको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीहरमध्ये ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ कम्पनीको शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्यमा हलचल आएको छैन ।
यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड रहेको छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.४६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।