काठमाडौं- आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ३५ अंकले घटेको छ। आइतबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से अन्तिमसम्म ३६.६७ अंकले घटेर १ हजार ९ सय २१.२४ विन्दुमा ओर्लेको छ। अघिल्लो दिनको तुलनामा यो १.८२ प्रतिशतले घटेको हो।
आइतबार ५९ हजार १ सय ७१ कारोबारबाट ५८ लाख १५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ। उक्त किनबेचबाट १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो। गत बिहीबार सेयर बजारमा १ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य बढेको छ। १६ वटा कम्पनीको घट्यो भने ४ वटाको सेयर मूल्य स्थिर छ।