काठमाडाैं,९ साउन
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाेषीलाइ कुनै पनि हालतमा उम्कन नदिने बताएका छन्।
आज गोरखा पुगेका श्रेष्ठले पत्रकारसँगको कुराकानीमा अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका हुन्। उनले भने,“ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ।”
त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। उनले भने, “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइने छैन”