खोटाङ
खोटाङमा गाई काटेर भाग लाउदै गर्दा १ महिला सहित ५ जना लाई प्रहरी ले पक्राउ गरेको थिए । उनिहरुलाई अदालतले जनहित १० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेपछि उनिहरुकै पक्षमा वकालत गरेका अधिवक्ता ओमप्रकाश घिमिरेले नै अर्थ जुटाएर रिहा गराएका छन् ।
पक्राउ परेर रिहा हुनेमा खिमाया तामाङ्ग,दावा तामाङ्ग, बुद्दिमान तामाङ्ग, मोहन तामाङ्ग र हेमकुमार तामाङ्ग रहेको खोटाङ्ग का प्रहरी निरीक्षक बेनु कार्की ले बताए ।
गाइ काटेको आरोपमा पक्राऊ परेका ५ जनालाई आदिवासी जनजाति महासंघ खोटाङ्ग के खादा माला लगाएर स्वागत गरेको छ ।