काठमाडाैं,१० साउन
प्रतिनिधि सभाको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सुन प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाटै एक क्विन्टल सुन जाँच पास कसरी भयो भन्नेबारे निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।
सार्वजनिक महत्त्वको प्रस्तावमा रास्वपाका सभापति रवि लामिछानेसहित २० सांसदको हस्ताक्षर छ । रास्वपाले सुन तस्करीका विषयमा संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने पनि बताएको छ ।