काठमाडाैं,१० साउन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बाेल्दे लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डलाई निष्कर्षमा नपुर्याए सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन् ।
सुन प्रकरणलाई जनताले पुरानै सेटिङको निरन्तरताको रुपमा बुझेको बताउँदै सांसद लामिछानेले कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न पनि गरेका छन् ।
‘जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?,’ उनले सोधे । गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको भनाई छ ।