साउन १७ गतेसम्मका लागी मुख्यमन्त्रीकाे जिम्मेवारी कार्कीलाई

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,११ साउन

कोशी प्रदेशको मुख्यकन्त्रीमा साउन १७ गतेसम्मका लागि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की स्वतः पदवहाली भएका छन् ।

बिहीबार सर्वोच्च अदाललते मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिन प्रदेश प्रमुखका नाममा आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा,डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठन नभएसम्म कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन भनेको हो ।

आदेशमा तत्कालका लागि कार्कीले नै कार्यवाहक पाउने र सात दिनभित्र संविधानको धारा ६८ (२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढाउन भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको