कोशी प्रदेशमा सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१२ साउन

कोशी प्रदेशमा सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ।

शुक्रबार दिउँसो प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको प्रस्ताव पेस गर्न आह्वान गरेका हुन्।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्दव थापाको नियुक्ति बदर गर्नुका साथै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन कोसी प्रदेश सरकारलाई आदेश दिएको थियो।

सोही आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको