काठमाडाैं,१४ साउन
छथर गाउँपालिका-६ सुदापमा आफ्नै ग्वालीमा आगो लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै ग्वालीमा आगो लगाएर फरार भएका २८ वर्षीय भानु बस्नेतलाई आइतबार बिहान प्रहरीले स्थानीय चप्परी चोकबाट पक्राउ गरेकाे हाे।
घरायसी विवादका कारण बस्नेतले शनिबार राति ११ बजे सबै सुतिरहेकाे अवस्थामा गाईबाख्रा बाँध्ने ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ग्वालीमा बाँधेका तीनवटा उन्नत जातका गाई, १० वटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको वडाध्यक्ष महेन्द्र मादेनले बताए ।