काठमाडाैं,१५ साउन
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ ।
बैठकका एजेण्डा तय गर्न आज (साेमबार) बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने निर्णय गरिएको उनले बताए।
केही दिनअघि अर्को सत्तारुढ दल नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो ।