प्रतिनिधि सभाकाे बैठक स्थगित

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, १५ साउन

सुन तस्करीको विषयलाई लिएर विपक्षी दलले विरोध गर्ने भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएकाे छ। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् चल्न नदिने नेकपा (एमाले)ले अडान राखेपछि बैठक स्थगित गरिएको हाे।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

यसअघि साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमाले लगायत विपक्षी दलहरूले विरोध जनाएका थिए। उनीहरू उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको