प्रतिनिधिसभाकाे जारी अवराेध हटाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाकाे जारी अवराेध हटाउन आज मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। 

संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको संसद अवरोध हटाउने विषयमा छलफल गर्न लागेका हुन् । प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ बजे बस्दैछ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले हिजो बोलाएको प्रतिनिधिसभा बैठक आजका लागि सारेका थिए ।

१०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठ चल्न नदिने अडान राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको