नागरिक उन्मुक्ति पार्टी सुदुरपश्चिम सरकारमा जान तयार

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

सत्तागठबन्धनले  बिहीबार  सुदूरपश्चिम प्रदेश सरकारको विस्तार गर्ने सहमति गरेको छ । मंगलबार बालुवाटारमा भएको गठबन्धनको बैठकले सात सिट रहेको नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराएर सरकार विस्तार गर्ने सहमति गरेको हो।

नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिकाे सभापति पाउने सहमति भएकाे नागरिक उन्मुक्ति अध्यक्षसमेत रहेकी भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चाैधरीले जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, नेकपा माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट र प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीको सहभागिता  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको