काठमाडाैं,१६ साउन
नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशम्सीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूतले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटवार्तामा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।