काेशीकाे मुख्यमन्त्रीमा थापा नियुक्त

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

कोसी प्रदेशको मुख्यन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुन: नियुक्त भएका छन्। थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेसका थापाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेश गरेका हुन्।असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए।उनी कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर  ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको