काठमाडाैं,१७ साउन
कोशी प्रदेशको सभामुख पदबाट मंगलबार राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन्।
नेकपा (माओवादी केन्द्र)ले मन्त्री बनाउने भएको हो ।
मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको एक नेताले जानकारी दिए।
सरकार बनाउन बहुमत पुर्याउन गाैतमले सभामुखबाट राजीनामा दिएका थिए।